सहकारी छानविन समितिको म्याद थप्ने तयारी
संघीय संसद सचिवालयले तय गरेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ।
काठमाडौं, भदौ १७ : सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी गरिएको छ।
मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा संभवतः म्याद थपको प्रस्ताव पेस हुने छ।
संघीय संसद सचिवालयले तय गरेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ।
समितिको प्रतिवेदनको मस्यौदा लेखन गर्न सुरु गरिए पनि अन्तिम तयारीका लागि समय अपुग भएकाले म्याद थप्ने तयारी भएको हो।
प्रकाशित मिति: १९:४६ बजे, सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार