Kathmandu Press

सार्वजनिक बिदामा ओपीडी सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको पत्र 

स्वास्थ्य मन्त्रालयको २०८१ भदौ १६ को निर्णय अनुसार सोमबार उक्त परिपत्र भएको हो। 
सार्वजनिक बिदामा ओपीडी सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको पत्र 

काठमाडौं, भदौ १७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न मुलुकभरका सरकारी अस्पतालहरुलाई सोमबार पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयको २०८१ भदौ १६ को निर्णय अनुसार सोमबार उक्त परिपत्र भएको हो। 

‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१÷०५÷१६ को निर्णय अनुसार अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्