‘जलवायु परिवर्तनको विषयलाई सबै मन्त्रालयले प्राथमिकतामा राख्न आवश्यक’
उनले अहिलेको परिस्थितिमा जलवायु परिवर्तन सबै क्षेत्रसँग सम्बन्धित रहेको कारणले यसलाई सबै मन्त्रालयले क्षेत्रगत नीति तथा यसको रणनीति बनाएर यसलाई मूल प्राथमिकतामा राख्न जरुरी रहेको बताए।
काठमाडौं, भदौ १७ : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनको विषयलाई नेपालको सबै मन्त्रालयले क्षेत्रगत नीति तथा यसको रणनीति बनाएर प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)को तयारी कार्यक्रममा उनले अहिलेको परिस्थितिमा जलवायु परिवर्तन सबै क्षेत्रसँग सम्बन्धित रहेको कारणले यसलाई सबै मन्त्रालयले क्षेत्रगत नीति तथा यसको रणनीति बनाएर यसलाई मूल प्राथमिकतामा राख्न जरुरी रहेको बताए।
‘अहिलेको परिस्थितिमा जलवायु परिवर्तन सबै क्षेत्रसँग सम्बन्धित छ। तसर्थ जलवायु परिवर्तनलाई नेपालको सबै मन्त्रालयले क्षेत्रगत नीति तथा यसको रणनीति बनाएर यसलाई मूल प्राथमिकतामा राख्नुपर्ने जरुरी छ,’ उनले भने।
मन्त्री शाहीले जलवायु परिवर्तनका जोखिमहरु घटाउने विषयमा सरकाले तयार पारेको एनडिसि वा क्याइमेट एक्सन योजना कार्यन्वयनमा समुदाय सरोकारवाला निकाय र विकास साझेदारको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।
‘जलवायु परिवर्तनका जोखिमहरु घटाउने विषयमा सरकाले तयार पारेको एनडिसी वा क्लाइमेट एक्सन योजना कार्यन्वयनमा समुदाय सरोकारवाला निकाय र विकास साझेदारको सहयोग अपरिहार्य रहेको छ,’ उनले भने।
कोपमा नेपालको तर्फबाट जलवायु परिवर्तनको विषयलाई गम्भीर रुपमा लिएर जाने र सबै विषय समेटेर अधिकारमुखी अवधारणा प्रस्तुत गर्नेगरी सरकार बढ्ने प्रतिबद्धता समेत उनले जनाए।












