Kathmandu Press

मन्त्रीबाट राजीनामा दिँदै मनाङेे भने- वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो?

‘प्रदेशलाई वनमा कुनै अधिकार नै छैन। खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन। सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो? त्यो त रेन्जरले हेरे भइहाल्छ,’ उनले भने।
मन्त्रीबाट राजीनामा दिँदै मनाङेे भने- वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो?

कास्की, भदौ १७ : गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन्। 

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन्।

Hardik ivf

मन्त्रिपरिषद् विस्तार हुँदा सोमबार मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। उनी सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए।

सरकार पुनर्गठनपछि सन्तुष्ट बनेका मनाङले स्वकीय सचिवमार्फत् मुख्यमन्त्री पाण्डेलाई राजीनामा पठाएका हुन्। मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा बुझिसकेका छन्।

राजीनामा दिँदै मनाङेले प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताए।

‘प्रदेशलाई वनमा कुनै अधिकार नै छैन। खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन। सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो? त्यो त रेन्जरले हेरे भइहाल्छ,’ उनले भने।

उनले आफूलाई मन्त्री नभएपनि कुनै समस्या नभएको बताउँदै कुनै युवालाई मन्त्री बनाउन आग्रह गरेका छन्।
 
प्रकाशित मिति: १८:३३ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्