Kathmandu Press

ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन्।
ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

काठमाडौं, भदौ १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी छन्।

सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन्।

‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौं, त्यो सदस्यहरुलाई थाहा हुनुपर्यो। थाहा गराउने व्यवस्था छ की छैन?,’ उनले भनिन्।

उनले प्रत्यायोजित विधायनमा रहेका शूल्कका कुराहरु र कार्यविधिका कुराहरु चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन्।

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्