Kathmandu Press

कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले बिपी जयन्ती मनाउने

विभागले बिपीको जन्मजयन्तीको अवसर पारेर भदौ २५ गते विपीको समाजवाद र वुद्धिजीविको भूमिका’ विचार गोष्ठीको आयोजना गर्ने साथै बार्षिक रुपमा गर्ने कार्यतालिका बनाउने निर्णय समेत गरेको कांग्रेस केन्द्रीय सदस्य एवम प्रमुख डा.संग्रौलाले जानकारी दिइन्।
कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले बिपी जयन्ती मनाउने

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले बिपी कोइरालाको १११औं जन्मजयन्ती मनाउने भएको छ। 

विभागीय प्रमुख डा.डिला संग्रौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले वीपी जयन्तीलाई भब्य रुपमा मनाउने निर्णय गरेको हो। 

विभागले बिपीको जन्मजयन्तीको अवसर पारेर भदौ २५ गते विपीको समाजवाद र वुद्धिजीविको भूमिका’ विचार गोष्ठीको आयोजना गर्ने साथै बार्षिक रुपमा गर्ने कार्यतालिका बनाउने निर्णय समेत गरेको कांग्रेस केन्द्रीय सदस्य एवम प्रमुख डा.संग्रौलाले जानकारी दिइन्।

साथै बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गते पनि विशेष अन्तरक्रिया गर्ने जनाएको छ । विभागीय प्रमुखका डा.संग्रौलालाई जिम्मेवारी दिएलगत्तै कांग्रेस सभापति शेर बहादुर देउवाले विभागमा १० जना सदस्यहरु मनोनयन गरिसकेका छन्।

कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख संग्रौलाले बताइन्। विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व.प्रदिप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा।रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, भदौ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्