Kathmandu Press

‘अधुरा आयोजना सम्पन्न गर्ने विषय प्राथमिकतामा राख्नुपर्छ’

सूचना प्रविधि, पर्यटन, व्यावसायिक कृषि, ऊर्जा र औद्योगिक विकासमा जोड दिनेलगायत विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा प्राडा अधिकारीले जोड दिए।
‘अधुरा आयोजना सम्पन्न गर्ने विषय प्राथमिकतामा राख्नुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, भदौ १७ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अधुरा र निर्माण सम्पन्न हुन नसकेका विकास आयोजना तत्काल सम्पन्न गर्नेगरी सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा उपाध्यक्ष अधिकारीले नेपाल सरकारले तत्काल गर्नुपर्ने प्राथमिकताका कार्यहरूमा अधुरा र  निर्माणाधीन आयोजनालाई सम्पन्न गर्ने, निर्माण व्यवसायीको भुक्तानी विवाद समाधान गर्नेलगायतका नीति रहेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

Hardik ivf

विकास निर्माणसम्बन्धी नीतिगत सुधार, आयात प्रतिस्थापनका लागि स्पष्ट खाका र निर्यात बढाउन ठोस नीति निर्माण, व्यवसाय दर्तासम्बन्धी कार्यलाई सहज र चुस्त बनाई एकलविन्दु सेवा केन्द्रको प्रभावकारिता वृद्धि, स्टार्टअप प्रवर्द्धन, एकद्वार प्रणालीमा आबद्ध र युवालाई स्टार्टअपमा आकर्षित गर्नेलगायत काम सरकारले गर्नुपर्ने उनको भनाई थियो। 

सूचना प्रविधि, पर्यटन, व्यावसायिक कृषि, ऊर्जा र औद्योगिक विकासमा जोड दिनेलगायत विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा प्राडा अधिकारीले जोड दिए।

‘सरकारले रोजगारीका अवसर सिर्जना र नवप्रवर्तनमा आधारित उच्च आर्थिक वृद्धिमा सहयोगी औद्योगिक पूर्वाधारको विकासका कामलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘साना तथा मझौला उद्योग, स्टार्टअप, उद्यमशीलता, हरित अर्थतन्त्र÷उद्यमशीलता, कृत्रिम बौद्धिकता र डिजिटल अर्थतन्त्रमा आधारित उद्यमहरू विकासमा पनि जोड दिनुपर्ने आवश्यकता छ।’

विद्यमान कानुनी र वित्तीय संरचनाहरूको अध्ययन, परिमार्जन तथा सुधार, राष्ट्रिय जनशक्ति प्रोफाइल तयार र सामुदायिक रजिष्ट्री व्यवस्थापन, कृषि उत्पादन बढाउने ठोस कार्यक्रम, ‘अर्वाइटल स्लट’ उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट निर्माण, वैदेशिक रोजगारीले अर्थतन्त्रमा पारेका प्रभाव अध्ययनलगायत कामलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने उनले बताए। 

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्