Kathmandu Press

नेप्सेमा उच्च अंकको वृद्धि

कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो।
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं, भदौ १७ : केही दिन यता ओरालो लागेको नेप्से परिसूचक आज उच्च अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२७ .३२ अंले बढेर २८२३.२५ मा पुगेको छ। 

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२.९४ अंक उकालो लागेर ५०३.८३ मा पुगेको छ। कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो।

नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

लक्ष्मी उन्नति कोष ४.७१, माईखोला हाइड्रोपावर ३.५९, एनआइसी एसिया फ्लेक्स १.८७, सनराइज फोकस्ड इक्विटी फण्ड १.८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले १.६१ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, भदौ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्