Kathmandu Press

‘उड्डयन क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटनको विकास हुन्छ’

मन्त्री पाण्डेले सस्कृति पर्यटनलाई अभिवृद्धि र गुणात्मक विकास गर्नका लागि नागरिक उड्डयनको क्षेत्र सबैभन्दा बलियो हुनुपर्नेमा जोड लिए। 
‘उड्डयन क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटनको विकास हुन्छ’

काठमाडौं, भदौ १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयनको क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटन क्षेत्रको अभिवृद्धि र गुणात्मक विकास गर्न सकिने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औं वार्षिकोत्सव सामारोह एवम साधारणसभालाई सम्बोधन गर्दै उनले संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्नसक्यो भने मात्र देश विदेशमा पर्यटन प्रवर्द्धन सम्भव रहेको बताए। 

Hardik ivf

‘संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्न सक्यौं भने वा परिभाषित गर्न सक्यौ भने वा बुझ्न  बुझाउन सक्यौं भने मात्र देश विदेशमा पर्यटन प्रवद्र्धन सम्भव छ,’ उनले भने, ‘नागरिक उड्डयन क्षेत्र बलियो, विश्वसनीय र सुनिश्चितता हुनुपर्छ। किनकी पर्यटनका निम्ति आउने मान्छे कम समय, लागतमा बढि भन्दा बढि परिस्कृत र संस्कृतिको लाभ लिन चाहन्छन्।’

मन्त्री पाण्डेले सस्कृति पर्यटनलाई अभिवृद्धि र गुणात्मक विकास गर्नका लागि नागरिक उड्डयनको क्षेत्र सबैभन्दा बलियो हुनुपर्नेमा जोड लिए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय मात्र नभइ निजी क्षेत्रको पनि भएको उनले बताए। पर्यटन मन्त्रालयको भूमिका, कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउन असम्भव रहेको उनले बताए। 

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन। निजी क्षेत्रको पनि मन्त्रालय हो। किनकी यसको भूमिका,कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउँछु भनेर सोच्यो भने असम्भव छ,’ उनले भने, ‘निजी क्षेत्रले बढी अग्रसरताकासाथ मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन। र पर्यटन क्षेत्रको विकास हुँदैन।’

पाण्डेले पर्यटनसँग असहज भएका सबै ऐन, कानून, नीति नियम संशोधन गरिने बताए। यसका लागि पर्यटन मन्त्रालयले आवश्य कार्य प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए। 

प्रकाशित मिति: १५:११ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्