सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन गर्न उच्च सरकारी वकीलको राय
च्च सरकारी वकील कार्यालय पाटनको रायसहितको फाइल आइतबार महान्यायाधिवक्ता कार्यालयमा पेश भएको छ।
काठमाडौं, भदौ १७ : उच्च सरकारी वकिलको कार्यालय पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा मुद्दा चलाउनुपर्ने राय दिएको छ।
उच्च सरकारी वकिल कार्यालयको उक्त फाइल महान्यायाधिवक्ता कार्यालयमा आइपुगेको छ। उच्च सरकारी वकील कार्यालय पाटनको रायसहितको फाइल आइतबार महान्यायाधिवक्ता कार्यालयमा पेश भएको छ।
पीडित गौशाला २६ (छ) ले दिएको जाहेरी अनुरुप चलेको मुद्दामा उच्च अदालतले सफाई पाउने फैसला सुनाएपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहित उच्च सरकारी वकीलले फाइल पठाएको छ।
यसअघि पीडित भनिएकी गौशाला २६ (छ) ले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै निवेदन दिएकी थिइन्। सर्वोच्चमा पुनरावेदन गर्ने वा नगर्ने भनेर अब महान्यायाधिवक्ता कार्यालयले अन्तिम निर्णय गर्ने छ।
प्रकाशित मिति: १४:५८ बजे, सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












