Kathmandu Press

महिला लिगमा कोशीले वालिङलाई हरायो

आइतबार दिउँसो एन्फा कम्प्लेक्स मैदानम भएको खेलमा लिगको उद्घाटन खेलमा कोशीले स्याङ्जाको वालिङ नगरपालिका स्याङ्जालाई ४–० ले हरायो।
महिला लिगमा कोशीले वालिङलाई हरायो

काठमाडाैं, भदाै १६ : आजबाट सुर भएको एन्फा महिला लिग फुटबलमा कोशी प्रदेश विजयी भएको छ। आइतबार दिउँसो एन्फा कम्प्लेक्स मैदानम भएको खेलमा लिगको उद्घाटन खेलमा कोशीले स्याङ्जाको वालिङ नगरपालिका स्याङ्जालाई ४–० ले हरायो।

१०औं मिनेट सानुमाया तामाङको गोलमा खेलमा कोशीले अग्रता लियो। त्यसपछि गोल नहुँदा पहिलो हाफ १–०मै सकियो।

पहिलो हाफमा १ गोल गरेको कोशीले दोस्रो हाफमा ३ गोल गरेको थियो। समिक्षा मगरले ५१औं गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्। ५९औं मिनेटमा समिक्षले नै गोल गरेपछि कोशीले ३–०को अग्रता लियो। प्रतिक्षा राईले ६८औं मिनेटमा गोल गरेपछि कोशीले ४–०ले विजयी भयो।

लिगमा १० टिम सहभागी छन्। लिगको पहिलो चरण सिंगल राउण्ड रोविनमा हुनेछ। त्यसपछि शीर्ष ५मा रहने टिमबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग हुनेछ। सुपर लिगका शीर्ष ४ टिमले क्लालिफायर खेल्ने छन्।

लिग विजेताले १० र उपविजेले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्। 

लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच खेल हुनेछ।

प्रकाशित मिति: २१:५५ बजे, आइतबार, भदौ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्