Kathmandu Press

सहकारी पीडितहरू सडक आन्दोलनमा 

आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन्। 
सहकारी पीडितहरू सडक आन्दोलनमा 

काठमाडौं, भदौ १६ : सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै  सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन्।

आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन्। 

Hardik ivf

उनीहरु रत्नपार्कबाट जुलुस निकालेर न्युरोड, सुन्धरा परिक्रमा गर्न खोजिरहेको बेला भद्रकाली नजिकै प्रहरीले रोकेको थियो।

Photo-(5)-(4)-1725201564.jpg

सरकारले विगतका गरेको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रिनपरेको पीडितहरुको गुनासो  छ।

Photo-(7)-(2)-1725201564.jpg
 
प्रकाशित मिति: २०:२४ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्