Kathmandu Press

कांग्रेसमा दुई महामन्त्रीको प्रतिवेदनमा जुट्यो सहमति

महामन्त्री थापाको परिमार्जिक प्रतिवेदनमा महाधिवेशन ०८२ भित्रै गर्ने भन्ने व्यवस्थामा समयमै सम्पन्न गर्न सदस्यता वितरणसहितका काम अघि बढाउने भनेर मिलाइएको छ। 
कांग्रेसमा दुई महामन्त्रीको प्रतिवेदनमा जुट्यो सहमति

काठमाडौं, भदौ १६ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुटेको छ। सभापति शेरबहादुर देउवासँगको समन्वयमा सहमति जुटेको हो। 

महामन्त्री थापाको परिमार्जिक प्रतिवेदनमा महाधिवेशन ०८२ भित्रै गर्ने भन्ने व्यवस्थामा समयमै सम्पन्न गर्न सदस्यता वितरणसहितका काम अघि बढाउने भनेर मिलाइएको छ। 

यस्तै विधान संशोधनका लागि सबै तहबाट छलफल र सुझाव दिनेगरी काम अघि बढाउन छिटै विधान मस्यौदा समिति गठन गर्ने भन्ने छ। 

यस्तै, केन्द्रीय समितिले विधान अनुरुप तोकिएकै समयमा मिति घोषणा गरी महाधिवेशन सम्पन्न गर्ने भनेर राखिएको छ। 

यस्तै, अर्का महामन्त्री शर्माको प्रतिवेदनमा पनि आंशिक परिमार्जन भएको छ। 
 
प्रकाशित मिति: २०:२० बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्