ठगी आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ पक्राउ
प्रहरीले उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष रामलाल महर्जनलगायतलाई पक्राउ गरी थुनामा राखेको छ।
काठमाडौं, भदौ १६ : रकम हिनामिना र ठगीको आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार अपरान्ह नियन्त्रणमा लिएको हो।
प्रहरीले उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष रामलाल महर्जनलगायतलाई पक्राउ गरी थुनामा राखेको छ।
बचतकर्ताको झण्डै १६ करो रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध परेका् उजुरीका आधारमा पक्राउ गरिएको हो।
प्रकाशित मिति: २०:१८ बजे, आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार