लिग–२को तयारीका लागि नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान
आसन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजको तयारी लागि नेपाली टिम आइतबार श्रीलंका प्रस्थान गरेको हो।काठमाडौं, भदौ १६ : नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ। आसन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजको तयारी लागि नेपाली टिम आइतबार श्रीलंका प्रस्थान गरेको हो।
श्रीलंकमा नेपाली टिमले ३ अभ्यास खेल खेल्नेछ । नेपाली टिममले श्रीलंकाको डेभ्लपमेन्ट टोलीसँग पहिलो अभ्यास खेल सेप्टेम्बर ३ मा खेल्ने छ। दोस्रो खेल सेप्टेम्बर ५ र तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने छ। प्रत्येक खेलअघि नेपाली टोलीले त्यहाँ एक दिन अभ्यास गर्ने छ।
श्रीलंकामा अभ्यास खेले खेलेर नेपाली टिम उतैबाट त्रिकोणात्मक सिरिजका लािग क्यानडा प्रस्थान गर्ने छ।
लिग–२ को सिरिजमा नेपालले सेप्टेम्बर १८ र २६ सेप्टेम्बरमा क्यानडासँग खेल्ने छ भने २० र २४ मा ओमानसँग खेल्नेछ। त्यसपछि नेपालले यी दुई टिमसँगै त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ।
भारतको बैंग्लोरमा करिब ३ सता प्रशिक्षण गरेर नेपाली टिम २ दिनअघि मात्र नेपाल फर्किएको थियो।
श्रीलंका भ्रमणको टिममा रहेपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी भने टिममा हुने छैनन्। ग्लोबल टि–२० लिग खेल्ने क्यानडा गएका उनीहरू उतै रहेकाले श्रीलंकामा टिममा हुनेछैन। दुवै जना नेपाली टिम क्यानडा पुगेपछि टिममा समावेश हुनेछन्।
नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने।