Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कन्सकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतीपूर्ति रकम उपलव्ध गराउने निर्णय गरेकाे छ। 
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, भदौ १६ : मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

Hardik ivf

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्ती भएका डिसीलाई  सोमबार बिहान १०ः४५ बजे बोर्डमा पदभार ग्रहण तथा बधाई कार्यक्रम रहेको जनाएको  हो। 

यस्तै बैठकले बहुक्षेत्रीय  घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट  प्राप्त हुने २ मिलियन युरो  गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कन्सकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतीपूर्ति रकम उपलव्ध गराउने निर्णय गरेकाे छ। उक्त रकम प्रतिवादीबाट असुलउपर  गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको  छ। 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्