Kathmandu Press

प्रकाश तामाङले घरमै पाए नागरिकता

आइतबार भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँस्थित घरमै पुगेर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले प्रकाशलाई नागरिता दिएका हुन्।
प्रकाश तामाङले घरमै पाए नागरिकता

भोजपुर, भदौ १६ : ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङले नागरिकता प्राप्त गरेका छन्। गोरखाको चुमभ्यालीमा बस्दै आएका प्रकाशको कथा युट्युब च्यालन ‘हेर्ने कथा’को पहलमा उनले ३५ वर्षपछि आफ्नो परिवार भेटेका थिए।

प्रकाश शनिबार मात्र चुमभ्यालीबाट भोजपुर आफ्नो घर फर्किएका थिए। 

आइतबार भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँस्थित घरमै पुगेर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले प्रकाशलाई नागरिता दिएका थिए।

प्रकाशको बुवाञ्आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको हो। 

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता दिएका छन्।

नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे। उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: १७:११ बजे, आइतबार, भदौ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्