Kathmandu Press

विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व : मन्त्री दाहाल

‘दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता हामीलाई छैन,’ उनले भने, ‘अब विकास र समृद्धिका लागि जनचाहनाअनुसार ध्यान केन्द्रित गरेका छौं।’
विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व : मन्त्री दाहाल
फाइफ तस्बिर।

रुपन्देही, भदौ १६ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन्। 

प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उजले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताए। 

Hardik ivf

‘दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता हामीलाई छैन,’ उनले भने, ‘अब विकास र समृद्धिका लागि जनचाहनाअनुसार ध्यान केन्द्रित गरेका छौं।’

मन्त्री दाहालले सरकारमा जो आए पनि उस्तै हो भन्ने जनतामा रहेको धारणालाई तोड्ने गरी सरकारले विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताए। 

‘सरकारमा जो आए पनि उस्तै त हो, भन्ने मनोविज्ञान बनाउने प्रयास पनि गरिएको छ। अब यसलाई वर्तमान सरकारले तोड्नु छ,’ उनले भने, ‘जनताको चाहना विकास निर्माण हो, सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नेगरी काम अघि बढाएको छ।’

मन्त्री दाहालले सरकारले एक महिनाभित्र पुराना योजनाको बक्यौता रकम भुक्तानगरी निर्माणलाई आगामी महिनादेखि तीव्रता दिने बताए। उनले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएपनि ती समस्या हल गर्न प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिबद्धताहरू आएको र सोहीअनुसार काम अघि बढेकाले स्पष्ट परो। 

प्रकाशित मिति: १६:५७ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्