Kathmandu Press

भारतका लागि प्रस्तावित राजदूत डा.शर्माले सनुवाईमा पेश गरे कार्ययोजना 

डा. शर्माले पञ्चेश्वर आयोजनालाई छिटो सुरु गराउन सहजीकरण गर्ने लगायतका विषयलाई पनि आफ्नो कार्य योजनामा समेटेका छन्। 
भारतका लागि प्रस्तावित राजदूत डा.शर्माले सनुवाईमा पेश गरे कार्ययोजना 
फाइल तस्बिर।

काठमाडौं, भदौ १६ : भारतका लागि राजदूतमा प्रस्तावित डा.शंकर शर्माले संसदीय सुनुवाई समिति समक्ष आफ्नो कार्ययोजना पेस गरेका छन्। 

आइतबार भएको संसदीय सुनुवाइमा डा.शर्माले उक्त कार्ययोजना प्रश्तुत गरेका हुन्। 

उनको कार्ययोजनमा बौद्ध र रामायण सर्किट प्रवर्द्धन गर्ने, सीमापार वित्तीय लेनदेनको प्रयोगलाई बढवा दिने, जलविद्युत पर्यटन, पूर्वाधार, आइसीटी र कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने लगायत बिषय छन्। 

यस्तै, डा. शर्माले पञ्चेश्वर आयोजनालाई छिटो सुरु गराउन सहजीकरण गर्ने लगायतका विषयलाई पनि आफ्नो कार्य योजनामा समेटेका छन्। 

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्