Kathmandu Press

सहकारीका महिला सञ्चालकहरूसँग छानविन समितिको छलफल

सहकारीका महिला सञ्चालकसँग सिंहदरबारमा छलफल जारी छ । छानबिन प्रतिवेदनको प्रारम्भिक मस्यौदा लेखन अघि बढाउने क्रममा महिला सहकारी सञ्चालकहरूसँग छलफल गर्न थालिएको हो। 
सहकारीका महिला सञ्चालकहरूसँग छानविन समितिको छलफल
फाइल तस्बिर।

काठमाडौं, भदौ १६ : सहकारीको रकम अपचलनमा छानबिनका लागि गठित संसदीय विशेष समितिले आइतबार सहकारीका महिला सञ्चालकहरूसँग छलफल शुरु गरेको छ। 

सहकारीका महिला सञ्चालकसँग सिंहदरबारमा छलफल जारी छ । छानबिन प्रतिवेदनको प्रारम्भिक मस्यौदा लेखन अघि बढाउने क्रममा महिला सहकारी सञ्चालकहरूसँग छलफल गर्न थालिएको हो। 

Hardik ivf

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जनासँग समितिले बयान लिइसकेको छ। तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको दबाबपछि संकटग्रस्त घोषित २९ वटा सहकारी संस्थाको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाइएको थियो।

सहकारीका महिला सञ्चालकसँग छलफल सकेपछि सहकारीमा हिनामिना भएको बचत रकम फिर्ता, दोषीमाथि कारबाहीलगायत उपायबारे सुझावसहित प्रतिवेदन लेखनको तयारीमा समिति छ। 

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्