Kathmandu Press

नवनियुक्त मुख्यसचिव अर्यालले गरे पदबहाली

अर्याल शुक्रबार मुख्य सचिवमा नियुक्त भएका थिए। सिंहदरबारमा पद बहालीका क्रममा अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरे। 
नवनियुक्त मुख्यसचिव अर्यालले गरे पदबहाली

काठमाडौं, भदौ १६ : नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले आइतबार पदबहाली गरेका छन्। 

अर्याल शुक्रबार मुख्य सचिवमा नियुक्त भएका थिए। सिंहदरबारमा पद बहालीका क्रममा अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरे। 

Hardik ivf

निवर्तमान मुख्यसचिव लिलादेवी गड्तौलाको अवकासलगत्तै गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। 

अर्याल झण्डै १५ महिना मुख्यसचिवका रुपमा कार्यरत रहने छन्। अर्याल चौंथो वरियताबाट एकैचोटी मुख्यसचिव भएका हुन्।

मुख्यसचिवमा पदबहालीलगत्तै अर्यालले सचिवहरुको बैठक डाकेका छन्। 
 
प्रकाशित मिति: १४:१७ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्