हरिसिद्धीस्थित क्यान्सर अस्पतालबाछ हाम फालेकी तामाङको मृत्यु
अस्पतालको तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो।
काठमाडौं, भदौ १६ : ललितपुरस्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एक महिलाको मृत्यु भएको छ।
अस्पतालको तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो। तामाङ काठमाडौँ महानगरपालिका–८ की स्थानिय बासिन्दा हुन्।
तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ। उनले शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट हाम फाल्दा गम्भीर घाइते भएकी थिइन्।
अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान मृत्यु भएको हो।
प्रकाशित मिति: १४:१३ बजे, आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












