Kathmandu Press

सुनुवाईमा प्रस्तावित राजदूत ओलीले भने– चिनियाँ राष्ट्रपति सी चिनफिङललाई नेपाल भ्रमण गराउने छु 

उनले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने समेत बताए। 
सुनुवाईमा प्रस्तावित राजदूत ओलीले भने– चिनियाँ राष्ट्रपति सी चिनफिङललाई नेपाल भ्रमण गराउने छु 

काठमाडौं, भदौ १६ : संसदीय सुनुवाईकाक्रममा चीनका लागि प्रस्तावित नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले आफू राजदूत भए चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने भनाई राखेका छन्। 

डा.ओलीले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उक्त भनाई राखेका हन्। उनले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने समेत बताए। 

Hardik ivf

चीनमा विभिन्न पेसा, व्यवसाय तथा शोधकार्यमा संलग्न नेपालीकारुको अनुभव, सीप र पुँजीलाई राष्ट्र निर्माणमा सहयोग गर्न प्रयास गर्ने पनि उनले बताए। नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने भनाई पनि उनको थियो। 

चीनमा नेपाली विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्राप्त भइरहेको सन्दर्भमा छात्रवृत्तिको संख्या बढाउन र अध्ययनमा विविधीकरण गर्न चीन सरकारलाई अनुरोध गर्ने कार्ययोजना उनको छ । यस्तै, सुनुवाईका क्रममा नेपालतर्फबाट चीनमा उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने पनि उनको भनाई थियो। 

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्