दमौली आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते
भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
तनहुँ, भदौ १६ : ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटना भएको छ। सो दुर्घटनामा ६ जना घाइते भएका छन्।
भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १३:२५ बजे, आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार