Kathmandu Press

अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छ : महानिरीक्षक कुँवर

‘विभिन्न देशमा हुने सङ्गठित अपराध एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न सकिँदैन,’ उनले भने, ‘यसका लागि सबै राष्ट्रबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्छ।’
अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं, भदौ १६ : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताएका छन्। 

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित ‘वाकाथोन’ लाई सम्बोधन गर्दै उनले त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्।

महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए।

Hardik ivf

कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उनले बताए। 

‘विभिन्न देशमा हुने सङ्गठित अपराध एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न सकिँदैन,’ उनले भने, ‘यसका लागि सबै राष्ट्रबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्छ।’

_DSC9148-1725176131.jpg

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरूलगायतको उपस्थिति रहेको थियो।

नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुनः नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो। 

इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो।  

प्रकाशित मिति: १३:२० बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्