Kathmandu Press

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

समितिले आज चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा. शंकरप्रसाद शर्मासँग छलफल गर्न लागेको हो। 
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु
फाइल तस्बिर।

काठमाडौं, भदौ १६ : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ। समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिाका बनाएको छ।

समितिले आज चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा. शंकरप्रसाद शर्मासँग छलफल गर्न लागेको हो। 

समितिले शुक्रबार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गर्दै छलफल गरेको थियो।
 
समितिले सुरुआतमा चीनका लागि प्रस्तावित प्रा.ड ओलीबाट  छलफल सुरु गरेको छ। समितिको बैठकमा कार्ययोजना पेस गर्दै उनले नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र जनस्तरमा थप विस्तार गर्ने बताएका छन्। सुनुवाइ समितिमा उजले आफ्नो कार्ययोजना पेस गरेका छन्।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। 

प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेकामा समितिले ६ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न अनुमति दिएको थियो। उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरेका थिए। 

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्