Kathmandu Press

सत्तामा बसेका सबैको सम्पत्ति छानविन गर्न उपसभापति गुरुङको माग

असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानविन गर्न आवश्यक रहेको बताए। 
सत्तामा बसेका सबैको सम्पत्ति छानविन गर्न उपसभापति गुरुङको माग
फाइल तस्बिर।

इलाम, भदौ १६ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरीएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति शुरु गरेको बताएका छन्। 

इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताएका हुन्।

Hardik ivf

उनले सुनकाण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको भन्दै प्रश्न गरे ‘उहाँहरुको सुशासन त्यही थियो?’ असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानविन गर्न आवश्यक रहेको बताए। 

उनले संविधान संसोधन गरेर सांसदको सख्या घटाउनु पर्ने बताए। उनले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातीको व्यवस्था राख्नु पर्ने घारणा राखे।

उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताए। उनले स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमा समेत जोड दिए।

सम्मेलनमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति निश्कल राईले पार्टीको संरचनात्मक सुधार, उम्मेद्वार छनौट प्रकृयामा सुधारलगायतका प्रस्तावसहितको राजनीतिक, सांगठानीक प्रतिवेदन पेश गरेका थिए। 
 

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्