Kathmandu Press

आज चारवटा संसदीय समितिको बैठक बस्दै 

आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।
आज चारवटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं, भदौ १६ : सङ्घीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । 

समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

Hardik ivf

आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्