Kathmandu Press

‘सबै खेलाडीको कोरोना परीक्षण नभई इंग्लिस फुटबल सुरु हुँदैन’

काठमाडौं, चैत २९ : लिग म्यानेजर्स एसोसिएसनका कार्यकारी प्रमुख रिचर्ड बेभानले सबै खेलाडीहरुको कोरोना भाइरस परीक्षण नभई इंग्लिस फुटबल सुरु गर्न नसक....

‘सबै खेलाडीको कोरोना परीक्षण नभई इंग्लिस फुटबल सुरु हुँदैन’

काठमाडौं, चैत २९ : लिग म्यानेजर्स एसोसिएसनका कार्यकारी प्रमुख रिचर्ड बेभानले सबै खेलाडीहरुको कोरोना भाइरस परीक्षण नभई इंग्लिस फुटबल सुरु गर्न नसकिने बताएका छन्।

बेभानले बीबीसी स्पोट्र्ससँगको कुराकानीमा लिग सुरु हुनुअघि सबै खेलाडीको परीक्षण अनिवार्य भएको बताएका हुन्। अहिले इंग्ल्यान्डका सबै फुटबल प्रतियोगिता अनिश्चितकालका लागि स्थागित गरिएको छ।

Hardik ivf

यसैसाता इंग्लिस फुटबल लिग (इएफएल) ले आफूहरुलाई पत्र लेख्दै लिगबारेमा टुंगो लाग्न सक्ने बताएको बेभानले जानकारी दिएका छन्। उनले लिग सुरुअघि क्लबहरुलाई प्रशिक्षणका लागि कम्तिमा तीन साता आवश्यक पर्ने बताएका छन्।

उनले भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हो, खेलाडीहरू पूर्णरुपमा फिट नभई मैदान आउन सक्दैनन्। त्यसै लिग सुरु हुनुअघि कम्तिमा तीन हप्ताको समय दिनुपर्छ।’

कार्यकारी प्रमुख बेभानले आफूहरुसँग छलफल नगरिएकोमा इएफएलको आलोचना पनि गरेका छन्। ‘बाँकी रहेको लिग ५६ दिनमा पुरा गर्न सकिन्छ, यस विषयमा इएफएलले हामीसँग छलफल नै गर्न चाहेकोे छैन,’ उनले भने। 
 

प्रकाशित मिति: १४:४३ बजे, शनिबार, चैत २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्