Kathmandu Press

पुस्तकालय खोल्ने काम सजिलो होइन : गगन थापा

थापाले पुस्तकालय बनाउने कुरामा कति धेरै गाह्रो हुन्छ भन्ने कुरा पार्टी कार्यालयमा बनेपछि मात्र महशुस गर्न पाएको बताए।
पुस्तकालय खोल्ने काम सजिलो होइन : गगन थापा

काठमाडौं, भदौ १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तकालय खोल्ने काम सजिलो नभएको बताएका छन्।

शनिबार गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ को लोकार्पण गर्दै थापाले पुस्तकालय बनाउने कुरामा कति धेरै गाह्रो हुन्छ भन्ने कुरा पार्टी कार्यालयमा बनेपछि मात्र महशुस गर्न पाएको बताए।

Hardik ivf

‘गोदावरीको ठाउँमा पुस्तकालय खोल्ने कुरा सम्भव किन भएको हो भने यो ललितपुरमै सबैभन्दा बढी लेखपढ गरेका र शिक्षित मानिसहरु बसेको ठाउँ हो  भनेर भन्ने गरिन्छ,’ उनले भने, ‘पुस्तकालय खोल्ने सजिलो काम होइन । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा भर्खर हामीले पुस्तकालय निर्माण गर्ने काम सम्पन्न गरेका छौं। अझै केही कामहरु बाँकी रहेका छन्। पुस्तकालय बनाउन कति गाह्रो हुँदोरहेछ भन्ने कुरा मैले बल्ल महसुश गर्न पाएको छु।’

यस्तै, वरिष्ठ साहित्यकार डा।नवराज लम्सालले नेपालमा पुस्तकालय खोल्ने लहरले पठन संस्कृतिमा विकास भएको बताए। स्कुल, क्याम्पस, सरकारी कार्यालय वा सामूदायिक स्तरबाट पुस्तकालय खोल्ने परम्परा रहेको उनले बताए। 

बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जनताको आकाक्षा धेरै भएकाले पुरा गर्नुपर्ने आफूहरुको दायित्व रहेको बताए।

प्रकाशित मिति: २०:२८ बजे, शनिबार, भदौ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्