कलंकीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
शनिबार दिउँसो बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।
काठमाडौं, भदौ १५ : काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बा५२प ९६८० नम्बरकोको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २०:२० बजे, शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार