Kathmandu Press

नुवाकोट कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिने

‘गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने सय दिनमा गर्ने काम मध्येको एक हो। कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छौं,’ उनले भने। 
नुवाकोट कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिने

नुवाकोट, भदौ १५ : गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन्।

शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उदघाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन्। 

Hardik ivf

‘गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने सय दिनमा गर्ने काम मध्येको एक हो। कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छौं,’ उनले भने। 

मन्त्री लेखकले कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाएर कारागार परिसरभित्रै विभिन्न वस्तु उत्पादन गर्न लगाइने बताए। 

कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे। ‘कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ। यसले यहाँको आर्थिक विकास हुन्छ,’ लेखकले भने। 

कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो। उनले भने, ‘अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ।’
‘संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेको छ ।  त्यसले वर्तमान सरकार मानवअधिकारको विषय प्रतिबद्ध छ,’ उनले भने। 

२८ हजार कैदीबन्दी रहेकामा १२–१३ हजार क्षमताको कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीको चाप घढ्ने गृहमन्त्री लेखकले बताए। 

प्रकाशित मिति: २०:१० बजे, शनिबार, भदौ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्