Kathmandu Press

श्रीलंका भ्रमणका लागि नेपाली टिमको घोषणा, कमल, सूर्य र बसिर बाहिरिए

बन्द प्रशिक्षणबाट फास्ट बलर कमलसिंह ऐरी तथा स्पिनरद्वय सूर्य तामाङ र बासिर अहमद बाहिरिएका छन्। यी तीनै खेलाडी बैंग्लोरमा तीन साता प्रशिक्षण गर्न नेपाली टिमसँगै थिए।
श्रीलंका भ्रमणका लागि नेपाली टिमको घोषणा, कमल, सूर्य र बसिर बाहिरिए

काठमाडाैं, भदाै १५ : नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। क्यानले आईसिसी विश्वकप लिग–२को सिरिजको तयारीका श्रीलंका जान १९ सदस्यी टिम घोषणा गरेको हो।

क्यानले लिग–२को सिरिजका लागि बन्द प्रशिक्षणमा रहेका ३ खेलाडीलाई बाहिर राख्दै १९ सदस्यीय टिम घोषणा गर्ने छ।

बन्द प्रशिक्षणबाट फास्ट बलर कमलसिंह ऐरी तथा स्पिनरद्वय सूर्य तामाङ र बासिर अहमद बाहिरिएका छन्। यी तीनै खेलाडी बैंग्लोरमा तीन साता प्रशिक्षण गर्न नेपाली टिमसँगै थिए।

नेपाली टिममले श्रीलंका ३ अभ्यास खेल खेल्ने छ। श्रीलंका डेभप्लमेन्टसँग नेपालले सेप्टेम्बर ३ मा पहिलो खेल्ने छ भने दोस्रो खेल सेप्टेम्बर ५ र तेस्रो खेल सेप्टेम्बर ७मा हुने छ। 

श्रीलंकामा अभ्यास खेले खेलेर नेपाली टिम उतैबाट त्रिकोणात्मक सिरिजका लािग क्यानडा प्रस्थान गर्ने छ। 

लिग–२ को सिरिजमा नेपालले सेप्टेम्बर १८ र २६ सेप्टेम्बरमा क्यानडासँग खेल्ने छ भने २० र २४ मा ओमानसँग खेल्नेछ। त्यसपछि नेपालले यी दुई टिमसँगै त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ।

नेपाली टिमका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी भने श्रीलंकामा हुने अभ्यास खेलमा हुनेछैनन्। ग्लोबल टि–२० लिग खेल्ने क्यानडा गएका उनी उतै छन्। दुवै जना क्यानडामै टिमसँग समावेश हुनेछन्। 

नेपालको टोली ः रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने।

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, भदौ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्