Kathmandu Press

डेंगु संक्रमित ५ हजार नाघे, गण्डकीमा धेरै 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो तथ्यांक अनुसार डेंगु सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा फैलिएको छ। 
डेंगु संक्रमित ५ हजार नाघे, गण्डकीमा धेरै 

काठमाडौं, भदौ १५ : देशभर डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ। 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो तथ्यांक अनुसार डेंगु सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा फैलिएको छ। 

डेंगुसङ्क्रमणका कारण अहिलेसम्म तीन जनाको मृत्यु भएको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए। 

डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टी भएको छ। 

कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। 

काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि डा. दाहालले जानकारी दिए।
 
प्रकाशित मिति: १०:४७ बजे, शनिबार, भदौ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्