Kathmandu Press

एकतर्फी सुनुवाई भन्दै प्रहरीका वकीलद्धारा वहश गर्न अस्विकार 

एकतर्फी सुनुवाई भन्दै प्रहरीका वकीलद्धारा वहश गर्न अस्विकार 

काठमाडौं, भदौ १४ : सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि हटाउने अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदनमा एकतर्फी सुनुवाइ अगाडी बढको भन्दै प्रहरी तर्फका कानुन व्यवसायीले वहश गर्न अस्विकार गरेका छन्।

शुक्रबार सर्वोच्च अदालतमा सुनुवाईका लागि पुगेका कानुन व्यवसायीले प्रक्रिया र इजलास माथि प्रश्न उठाउँदै वहश गर्न अस्विकार गरेका हुन्। 

Hardik ivf

वकीलले अस्विकार गरेपनि न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले सुनुवाई अगाडी बढाई भ्याकेट निवेदन माथि सरकारी वकीलको वहश सकिएको छ।

भकेट निवेदनमा प्रहरीको तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता सुशिल पन्त, हरि उप्रेती र टिकाराम भट्टराईले इजलास माथि प्रश्न उठाउँदै अदालतबाट बाहिरिएका थिए। 

सरकारले दायर गरेको भ्याकेट निवेदनसँगै डीआईजी विष्णुकुमार केसी र एसएसपी श्रेष्ठसहित २१ जनाले दायर गरेको उक्त रिट एकसाथसुनुवाई भइरहेको छ। 


 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्