Kathmandu Press

उर्जा निर्यातका वाधक कानून संशोधन गरिन्छ : मन्त्री खड्का

उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै उत्पादनलाई निर्यात गरेर आय-आर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य सरकारको रहेको भन्दै आवश्यक पर्ने कानूनको संशोधन हुनुपर्ने बताए। 
उर्जा निर्यातका वाधक कानून संशोधन गरिन्छ : मन्त्री खड्का

काठमाडौं, भदौ १४ :ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले उर्जा निर्यात गर्ने उद्देश्य पूरा गर्न बाधक हुने कानून संशोधन गर्ने बताएका छन्। 

शुक्रबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै उत्पादनलाई निर्यात गरेर आय-आर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य सरकारको रहेको भन्दै आवश्यक पर्ने कानूनको संशोधन हुनुपर्ने बताए। 

Hardik ivf

उनले भने–‘हाम्रा आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुका साथै उत्पादनलाई निर्यात एवं विक्री गरेर, आय-आर्जन मार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ, यो हामी सबैको साझा दायित्वको बिषय हो।’

आवश्यक पर्ने कानूनहरुको संशोधन, परिमार्जित र व्यवस्थनगर्न आवश्यक रहेको बताउदै मन्त्री खड्काले आन्तरिक आवश्यकता पूरा भए पश्चात निर्यात गर्ने उद्देश्यमा बाधक हुने कानूनहरु संशोधन गरेर अगाडि बढ्ने र उनले देशको आन्तरिक आवश्यकतालाई परिपूर्ति गरेपछि निर्यात गर्ने विषयमा सबैको एक मत रहेको बताए। 

प्रशारण लाइनको माध्यमबाट कतिपय ठाउँका आवश्यकताहरु भूगोलको हिसाबले पु¥याउन नसक्ने भन्दै यसमा नविकरण उर्जाको सहयोग आवश्यक हुने उनको भनाई छ। 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्