Kathmandu Press

महरद्धारा कांग्रेसमा शिक्षा नीति निर्माणको माग

शुक्रबार युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै कांग्रेस केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्। 
महरद्धारा कांग्रेसमा शिक्षा नीति निर्माणको माग

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गरेका छन्।

शुक्रबार उक्त माग गर्दै कांग्रेस केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्। 

Hardik ivf

महरले शिक्षानीति निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको बताएका छन्। 

उनले भने–‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारीक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ’शिक्षानीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्रदर्ता गराएको छु, सानेपामा दर्ता पत्रमा पार्टी समापति र पदाधिकारीको नाम उल्लेख छ।’Photo-(1)-1725013827.jpeg
 

उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्तगर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमाप्रयोग प्रतिवद्धता जनाए। 

मुलुकको विद्यमान शिक्षा प्रणालीका सन्दर्भमा गम्भीर समीक्षा तथा पुनरवलोकनका लागि पार्टीको आधिकारीक धारणाको अपेक्षा गरेको बताउदै महरले संघीयताको मर्म अनुरुप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगार मूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने नयाँ शिक्षानीति आजको आवश्यकता रहेको बताए।


 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्