Kathmandu Press

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्– संसद विकास कोष आवश्यक छैन, कोरोना कोषमा हालौं 

काठमाडौं, चैत २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विकास कोष आवश्यक नरहेको बताएका छन्।

कोरोना भाइ....

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्– संसद विकास कोष आवश्यक छैन, कोरोना कोषमा हालौं 

काठमाडौं, चैत २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विकास कोष आवश्यक नरहेको बताएका छन्।

कोरोना भाइरसका कारण मुलुकको अर्थव्यवस्था खलबलिएको भन्दै विज्ञहरुले कोष खारेजीको माग गरिरहेका बेला नेकपा प्रवक्ता श्रेष्ठले कोष खारेज गर्नुपर्ने बताएका हुन्।

शनिबार ट्वीट गर्दै उनले भनेका छन्,‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ। अहिले कोभिड–१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्याँदै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं।’ 

विभिन्न नाममा सांसदले खर्च गर्न पाउने गरी केन्द्र र प्रदेश सरकारले १८ अर्बभन्दा बढी बजेट चालू आर्थिक वर्षमा छुट्टाएका छन्। श्रेष्ठले संकटको समयमा प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु पर्ने आवश्यकता समेत औंल्याएका छन्। 

‘वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख विपक्षी दल लगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु आवश्यक छ,’ उनले भनेका छन्,‘त्यसैले उच्चस्तरीय समन्वय समितिले यस्तो बैठकको आयोजना गरेको पनि थियो। यसलाई नियमितता दिनु उपयुक्त हुन्छ, सुझाव लिन र निर्णयहरुको औपचारिक जानकारी लिन।’

उनले विपद् व्यवस्थापन ऐनमा समेत विपक्षी दलको नेता र मुख्यमन्त्रीको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद् समेत क्रियाशील रहेको बताएका छन्।

‘विपद् ऐन–२०७४ मा व्यवस्था गरिएको विपक्षी दलको नेता र मुख्यमन्त्रीहरुको समेत प्रतिनिधित्व रहने प्रधानमन्त्रीको अध्यक्षताको राष्ट्रिय परिषद् पनि क्रियाशील भएकै होला। गृहमन्त्रीको नेतृत्वको कार्यकारी समितिले पनि प्रभावकारीरुपमा काम गरेकै होला। यस्तै विपद्का निम्ति हुन् ती,’उनले भनेका छन्।
 

प्रकाशित मिति: १२:५० बजे, शनिबार, चैत २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्