Kathmandu Press

उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्दैन : सिके राउत

अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दापनि नागरिकहरुले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जासपद भएको बताए।
उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्दैन : सिके राउत

काठमाडौं, भदौ १४ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नुपर्ने जरुरी नभएको बताएका छन्।

शुक्रबार प्राधिकरणको कर्मचारी एकता मञ्चको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दापनि नागरिकहरुले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जासपद भएको बताए।

Hardik ivf

‘पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमाथि गम्भीर प्रश्नहरु उठेका छन्। तर यसो भन्दैमा आत्तिहाल्नुपर्ने जरुरी छैन,’ उनले भने, ‘कुनैपनि विमान दुर्घनामा पर्दा कुनै अन्य प्राविधिक कारणले भन्दा पनि नागरिकहरले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्ने गर्दछन्। यसले देशको छविमा कस्तो प्रभाव पार्न सक्छ भनेर जिम्मेवार नागरिकको हैसियतले लाग्नुपर्दछ।’ 

अध्यक्ष राउतले नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापुर्ण हुनुपर्ने बताउँदै यो यसले समाजमासकारात्मक सन्देश दिन सहज हुने बताए। उनले बढी संगठनहरु भयो भन्दैमा त्यसलाई नकारात्मक रुपमा लिन नहुने बताए।
 

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्