Kathmandu Press

बालेनको नेतृत्वमा स्टेरिङ कमिटी गठन

महानगरले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बैठकले परिषद्को निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन मेयर बालेनको नेतृत्वमा ९ सदस्यीय स्टेरिङ कमिटी गठन गरेको हो। 
बालेनको नेतृत्वमा स्टेरिङ कमिटी गठन

काठमाडौं, भदौ १४ : काठमाडौं महानगरपालिकाले मेयर बालेन साहको नेतृत्वमा स्टेरिङ् कमिटी गठन गरेको छ। 

महानगरले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बैठकले परिषद्को निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन मेयर बालेनको नेतृत्वमा ९ सदस्यीय स्टेरिङ कमिटी गठन गरेको हो। 

३५ सदस्यीय परिषद्मा संख्या धेरै भएकाले कामलाई चुस्त बनाउन कठिन हुने भएपछि मेयर बालेनको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको हो।

कमिटीमा काठमाडौं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन्। 

यस्तै सार्वजनिक यातायात प्रणाली र पूर्वाधारसँग सम्बन्ध राख्ने यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ। सदस्य सचिवको जिम्मेवारी परिषद्का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई दिइएको छ। 

वैठकले आर्थिक वर्ष २०८०/०८१ को खर्च अनुमोदन गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ का लागि ९ करोड ६२ लाख रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ। 

यसले जिआइइस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ् सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्याङ्क संकलन, रुट पुनरावलोकन, सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी, अनुसन्धानमूलक कार्यक्रम सञ्चालनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै सर्भर र सफ्टवेयर खरिद कार्य हुनेछन्। 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्