Kathmandu Press

देशको परिस्थिति देखे जस्तो सामान्य छैन : लिङ्देन

देशलाई त्यो खाडलमा जान नदिन राप्रपा जस्तो शक्ति बलियो बनेर आउनु पर्ने बताउँदै उनले राप्रपाले आफ्नो प्रतिपक्षको दायित्व पूरा गर्दैै जनतालाई अभिभावकत्व प्रदान गर्नुपर्नै बताए।
देशको परिस्थिति देखे जस्तो सामान्य छैन : लिङ्देन

काठमाडौं, भदौ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको  परिस्थिति आँखाले देखेको जस्तो सामान्य नरहेको बताएका छन्।

शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नटा जस्तो भएको बताए।  

Hardik ivf

‘अहिले देश हेर्दा सबै ठिक ठाकै चलेको जस्तो देखिन्छ। शान्त छ, कुनै  आन्दोलन छैन, नारा जुलुस छैन,’ उनले भने, ‘समान्य आँखाले हेर्ने हो भने ठिकै चलेको छ जस्तो  देखिन्छ तर देशको परिस्थिती आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन यो आँधी आउनु अगाडिको सन्नटा जस्तो हो।’

राप्रपाले प्रतिपक्ष दायित्व पूरा नगरे देश दिर्घकालीन निराशा बलियो बनेर सत्तामा उभिनुपर्ने बताए। ‘एमाले, कांग्रेस र  माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ, तर यस बीचमा देशको अवस्था के छ? र सत्ताको कुन प्रकारले दुरुपयोग भयो  भन्ने कुरामा साक्षीछौं,’ अध्यक्ष लिङ्देनले भने। 

अध्यक्ष लिङ्देनले अहिले देश दिर्घकालीन निराशाको खाडलमा जाने विन्दुमा पुगेको बताए। देशलाई त्यो खाडलमा जान नदिन राप्रपा जस्तो शक्ति बलियो बनेर आउनु पर्ने बताउँदै उनले राप्रपाले आफ्नो प्रतिपक्षको दायित्व पूरा गर्दैै जनतालाई अभिभावकत्व प्रदान गर्नुपर्नै बताए।


 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्