Kathmandu Press

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउने सहमति

सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो।
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउने सहमति

काठमाडौं, भदौ १४ : भ्रष्टाचार सम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ। 

सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९  लाई संशोधन गर्न बनेको विधेयक माथि शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको  बैठकमा  पाँच वर्षे हदम्याद हटाउने सहमति जुटेको हो।
बैठकमा गृहमन्त्री रमेश लेखकले  सरकार पाँच वर्षे हदम्याद हटाउन तयार रहेको बताएका थिए। 

Hardik ivf

सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले समितिमा विधेयकको दफा १६ मा राखिएको हदम्यादको प्रावधान हटाउने प्रस्ताव पेश गरे लगत्तै समितिका सम्पूर्ण सदस्यहरूले सर्वसहमति पास गरेका थिए।

सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो।

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्