Kathmandu Press

रोनाल्डोलाई युईएफएकाे विशेष अवार्ड

मोनाकोमा आयोजित च्याम्पियन्स लिग २०२४/२५को ड्र सर्वाजनिक कार्यक्रममा युईएफएले रोनाल्डोलेलाई स्पेसल अवार्ड प्रदान गरेको हो।
रोनाल्डोलाई युईएफएकाे विशेष अवार्ड

काठमाडाैं, भदाै १४ : युएईएफएले पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको छ। मोनाकोमा आयोजित च्याम्पियन्स लिग २०२४/२५को ड्र सर्वाजनिक कार्यक्रममा युईएफएले रोनाल्डोलेलाई स्पेसल अवार्ड प्रदान गरेको हो।

च्याम्पिन्स लिगको सर्वाधिक गोलकर्ता भएकाले युईएफएले रोनाल्डोले स्पेसल अवार्ड दिएको हो। 

Hardik ivf

सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन लिगमा डेब्यू गरेका उनले सन् २०२२ मा युभेटन्सबाट अन्तिम खेल खेलेका थिए। यो बीचमा उनले १८३ खेलमा १४० गोल गरेका छन्।

अहिले साउदी अरेबियामा व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले च्याम्पियन लिग फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भएको बताउँदै यो प्रतियोगिता खेल्न पाउनु जीवनकै महत्वपूर्ण क्षण भएको बताएका छन्। 

‘म यहाँ हुनु मेरो लागि खुशीको कुरा हो। यो पुरस्कार मेरो लागि धेरै महत्वपूर्ण छ। च्याम्पियन्स लिग फुटबलमा सबैभन्दा उच्च हो, रेकर्डहरूले आफैंमा बोल्छ, तर त्यो प्रतियोगितामा खेल्न विशेष महत्त्वको कुरा हो,’ अवार्ड पाएपछि उनले भने, ‘यहाँ हुनु एकदम राम्रो छ, जब म यो गाला कार्यक्रममा भाग लिन मोनाको आएकोछु, मलाई यसको सम्झनाहरू आइरहन्छ।’

रोनाल्डोले करिअरमा ५ च्याम्पियन्स लिग उपाधि जितेका छन्। उनले सन् २००८मा म्यान्चेटर युनाइटेड र सन् २०१३/१४, २०१५/१६, २०१६/१७ र २०१७/१८मा रियलबाट उपाधि जितेका छन्।

‘हाम्रो जीवन सम्झनाहरूले भरिएको छ, र मेरा धेरै राम्रो सम्झनाहरू छन्। हेर्दै जाउँ भविष्यले के ल्याउँछ। हामी सधैं पहिलो कुरा गर्छौं, यो सबैभन्दा विशेष हुन्छ। मलाई सम्झना छ जब म म्यानचेस्टरमा थिएँ, मैले फाइनलमा गोल गरेँ, तर, पेनाल्टी गुमाएँ। र त्यो एकदम विशेष थियो,’ च्याम्पियन्स लिगमा पहिलो फाइलन सम्झिए।

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्