Kathmandu Press

धुलिखेलमा हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ

नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याएको हो। 
धुलिखेलमा हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ

धुलिखेल, भदौ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्।

शुक्रबार काभ्रेको धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो।

नेपाल आयल निगमको सहयोगमा विश्वविद्यालयले कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याएको हो। 

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए।


 

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्