Kathmandu Press

योगलाई प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्ने भएकाले योगलाई विशेष महत्व दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। 
योगलाई प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै प्रयोग गर्न आग्रह गरेका छन्। 

शुक्रबार जीवन विज्ञान संस्थाद्वारा आयोजित स्वजागरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने बताउँदै योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका हुन। 

अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने–‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ।’

Hardik ivf

योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्ने भएकाले योगलाई विशेष महत्व दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए। 

प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे  

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरु, सांसदहरुको सहभागिता थियो। सहभागीलाई रमेश नेपालले योगाध्यास गराएका थिए।


 

 

 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्