Kathmandu Press

‘दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ’

नयाँ पुस्तामा प्रभाव पार्न, नेपाली समाजलाई खतम पार्न र पैसाको लोभमा अत्यन्त अपराधिक क्रियाकलापहरू संलग्न हुने अपराधीहरुलाई छुट दिने, सहानुभति व्यक्त गर्ने उन्मुक्ति दिने काम गर्न नहुने अध्यक्ष नेपालले बताए। 
‘दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ’
फाइल तस्बिर।

काठमाडौं, भदौ १४ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुर्व्यसनीमा लाग्ने युवाहरूको विशाल सञ्जाल रहेको उल्लेख गर्दै त्यस सञ्जाललाई समाप्त पानुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुर्व्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताए।

Hardik ivf

‘नेपालमा समेत दुर्व्यसनी र दुर्व्यसनमा लाग्नेहरुको एउटा सञ्जाल देखिएको छ। त्यो सञ्जाललाई पुरै रुपमा हामीले समाप्त पार्नुपर्छ। नसकिने कुरा केही पनि छैन,’ उनले भने, ‘सबै युवाहरुले आफ्नो ठाउँबाट इमानदार भएर लाग्नुभयो भने नसकिने कुरा हुँदैन। त्यस्ता दुर्व्यसनीहरुलाई जेल कोच्न सकिन्छ। त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन।’

नयाँ पुस्तामा प्रभाव पार्न, नेपाली समाजलाई खतम पार्न र पैसाको लोभमा अत्यन्त अपराधिक क्रियाकलापहरू संलग्न हुने अपराधीहरुलाई छुट दिने, सहानुभति व्यक्त गर्ने उन्मुक्ति दिने काम गर्न नहुने अध्यक्ष नेपालले बताए। 

अहिलेका युवा तथा विद्यार्थीहरुले देशलाई अथाह माया गर्नुपर्ने अध्यक्ष उनले बताए। पछिल्लो समयका युवाहरुमा अध्ययनशीलताको कमी रहेको उल्लेख गर्दै उनले मान्छेलाई योग्य र सक्षम बनाउन अध्ययन आवश्यक रहेको बताए । 

दुर्व्यसनका कारण संसार नै सखाप हुने स्थिति सिर्जना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले युवाहरुलाई नराम्रो संगत गर्न नहुन सुझाए। 

‘अहिले युवा र विद्यार्थीहरुले सबैभन्दा बढी देशलाई माया गर्नुस्। देश र देशबासीलाई माया गर्नुभयो भने मात्र तपार्इंको जीवन सार्थक हुन सक्दछ,’ उनले भने, ‘ज्ञान र चेतना बढाउनका लागि प्रयाप्त अध्ययनको आवश्यकता पर्दछ। मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्दछ। मेहेनतले नै हामीलाई सफलताको शिखरमा पुर्याउन सकिन्छ।’

एनले जीवनमा आएका चुनौतीहरुलाई चिरेर अगाडी बढ्न सकियो भने संसारमा गर्न नसकिने चिज संसारमा केही नभएको बताए। 

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्