अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
जाजरकोट, चैत २९ : सुत्केरी भएको ६ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमार....

जाजरकोट, चैत २९ : सुत्केरी भएको ६ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ।
शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन्।
असुरक्षित रूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिइन्।
मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन्। आमाको मृत्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ।
प्रकाशित मिति: ११:४२ बजे, शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
