Kathmandu Press

राष्ट्रियसभा : ‘सरकारलाई काम गर्न दिनुपर्छ’

‘सरकारलाई काम गर्न दिनुपर्छ। सरकार गठन भएको धेरै भएको छैन, निराशा हटाउँदै आशा जगाउने काम हुँदै गएको छ। कहीँ कतै काम बिगारे खबरदारी गर्नुपर्छ,’ उनले भनिन्।
राष्ट्रियसभा : ‘सरकारलाई काम गर्न दिनुपर्छ’

काठमाडौं, भदौ १३ :राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताएकी छिन्। 

‘सरकारलाई काम गर्न दिनुपर्छ। सरकार गठन भएको धेरै भएको छैन, निराशा हटाउँदै आशा जगाउने काम हुँदै गएको छ। कहीँ कतै काम बिगारे खबरदारी गर्नुपर्छ,’ उनले भनिन्। सांसद दाहालले वर्तमान सरकारले तत्कालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्ने बताइन्।

Hardik ivf

सांसद जगप्रसाद शर्माले छुवाछूतको अन्त्य अझै पनि हुन नसकेकामा चिन्ता प्रकट गरेका छन्। 

‘केही उपलब्धि भएका छन्। समाजवादी धाराबाट दलित मुक्ति आन्दोलनलाई नयाँ ठाउँमा पु¥याउन सकिन्छ। संविधानमा भएको व्यवस्था कार्यन्वायन हुन सकेको छैन,’ उनले भने, ‘समावेशिता कायम गर्ने काममा पनि आत्मसात् गरेको देखिँदैन। अहिलेको मन्त्रिमण्डल होस् वा राजदूत सिफारिस संविधान अनुकूल हुन सकेको छैन।’

सांसद कमला पन्तले युवा खुसीका साथ नेपालमा बसेर कामकाज गर्न सक्ने वातावरण बनाउनुपर्ने बताइन्।  युवा जनशक्तिलाई राम्रो योजना बनाएर काममा लगायौँ भने मुलुकको समृद्धि सम्भव हुने उनले उल्लेख गरे।

‘हामीले आशा पनि जगाउन सकेनौं, भरोसा पनि दिन सकेनौं,’ उलने भनिन्। सांसद पन्तले  यस विषयमा सरकारले संवेदनशील भएर सोचेको छ? भन्ने प्रश्न गर्दै युवाको जोस र जाँगर मुलुकको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताइन्। 

सांसद गोमादेवी तिमिल्सिनाले कुन ठाउँ बसोबासका लागि उपयुक्त छ भनेर परीक्षण गर्नुपर्ने बताइन्। उनले सुरक्षित बस्ती निर्माणका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिइन्। सांसद तिमिल्सिनाले दैनिकजसो सवारीसाधन दुर्घटनामा वृद्धि भएको तथ्यांक पेस गर्दै लामा दूरीका सवारी साधनमा दुई चालक राख्नैपर्ने बताइन्। 

विशेष समयममा सांसदहरू पूजा चौधरी, डा. अन्जान शाक्य, गंगाकुमारी बेलवासे र पदमबहादुर परियारले आ–आफ्नो धारणा राखेका थिए। 

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्