Kathmandu Press

नेप्से परिसूचक ओरालो यात्रामा

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.८३ अंले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।
नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौं, भदौ १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.८३ अंले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३५ अंकले ओरालो लागेर ४८९.७९ मा ओर्लेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ।

कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैंक ७.८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.६२ प्रतिशतले कमाएका छन् ।

यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त ५.८४, एनआरएन इन्फास्ट्रक्चर ५.०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्