बँदेल मारेको आरोपमा पूर्वडिआइजीसहित १० जना पक्राउ
सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको हो।
सप्तरी, भदौ १३ : बँदेल मारेको आरोपमा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाहसहित १० जना पक्राउ परेका छन्।
सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको हो।
पूर्वडीआईजी शाहसँगै बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपाने पनि पक्राउ परेका छन् । उनीहरुसँगै १० जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
भारदहस्थित स्थानियको खेतमा बँदेल मारेको स्थानमा पूर्वडीआईजी शाहलाई प्रत्यक्षदर्शीले देखेको जनाइएको छ।
प्रकाशित मिति: १३:२० बजे, बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार